दफा २
कम्पनीऐन, २०६३ को दफा २ मा संशोधनः
कम्पनीऐन, २०६३(यस पछि “मूल ऐन”भनिएको)को दफा २को,–
(१)खण्ड (च) पछि देहायको खण्ड (छ) थपिएको छ –
“(छ)“सरकारी कम्पनी” भन्नाले नेपालसरकार, प्रदेश सरकार वा स्थानीय तहको एकल वा संयुक्त रुपमा पूर्ण वा अधिकांश स्वामित्व रहेको कम्पनी सम्झनु पर्छ र सो शब्दले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामीत्व रहेको संगठित संस्थाको पूर्ण वा अधिकांश शेयर स्वामीत्व रहेको कम्पनी समेतलाईजनाउँछ ।”(२)खण्ड (ट) झिकिएको छ ।(३)खण्ड (ष) मा रहेका “शाखा कार्यालयलाई” भन्ने शब्दहरुको सट्टा “प्रदेश कार्यालयलाई” भन्ने शब्दहरु राखिएका छन्।